लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपालाई निर्वाचनमा हार्ने छुट छैन : ज्ञानेन्द्र शाही

tillotmacitynews - 2022 Sep 03 03:40 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १८ गते २०७९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा पार्टीका केन्द्रीय सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीले राप्रपालाई निर्वाचनमा हार्ने छुट नभएको बताएका छन् । उनले आगामी निर्वाचनमा राप्रपाले विजयीको झण्डा फहराउने दावी गरे ।केन्द्रीय सुशासन विभागले शुक्रबार भैरहवामा आयोजना गरेको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले अहिलेका व्यवस्था ठीक छैन भन्ने राप्रपाले कुरा गरेको बताए । उनले राप्रपाले कहिल्यै पनि हिंसाको राजनीतिलाई समर्थन नगर्ने बताए । उनले भने, ‘हामी हिंसाको राजनीतिलाई कहिल्यै स्वीकार गर्दैनौं, सत्य कुरा छ भने आज एक जना हुन्छौं, भोलि हजारौं, लाखौं मान्छे हामीसँग हुनेछन, यो कुरा इतिहासले देखाएको छ ।’ 


उनले निर्वाचनको बेला एकढिक्का भएर अगाडि बढ्न नेता कार्यकर्तासँग अपिल गरे । उनले भने, ‘राष्ट्रिय राजनीतिमा दीपक बोहरा कति मत ल्याएर जित्छन् भन्ने चर्चा छ, बोहराले निर्वाचन जित्दैनन् भन्ने कुरा कतै पनि सुनिएको छैन ।’ उनले आफू जुम्लाबाट निर्वाचन जितेर आएपछि जुम्लाको स्याउ लिएर घरघरमा पुग्ने बताए ।केन्द्रीय सुशासन विभागका सदस्य शिवहरि शर्माको अध्यक्षता तथा राप्रपा रुपन्देहीका सचिव बलराम शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

कमेन्ट गर्नुहोस्