लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल–पाल्पा सडक अवरुद्ध,खुलाउने प्रयास जारी

tillotmacitynews - 2022 Sep 01 10:40 PM
IMG

तिलोत्तमा सिटी न्युज, भदौ १६ गते २०७९।  सडक भासिएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।पाल्पाको तिनाउ गाृपालिका वडा नम्बर ३ मा पर्ने हिउँदेखोलानिर माथिबाट लेदोसहितको पहिरो झरेपछि करिब ४० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।


राजमार्ग नै भासिएका कारण उक्त खण्डमा सवारी साधन आवागमन बिहीबार दिउँसोदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।दिउँसो साढे ४ बजेदेखि अवरुद्ध उक्त सडक खण्डमा मोटरसाइकल समेत चल्न सक्ने अवस्था नभएको र सडक कहिलेसम्म खुल्ने बारे अन्योल रहेको थापाले बताए । सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

कमेन्ट गर्नुहोस्