
तिलोत्तमा सिटी न्युज, भदौ १६ गते २०७९। रुपन्देही-४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा वर्तमान सांसद प्रमोद यादवको मात्रै नाम सिफारिस भएपछि नेपाली कांग्रेस रुपन्देहीमा विवाद उत्पन्न भएको छ ।कांग्रेस क्षेत्रीय महाधिवेशन प्रतिनिधि आशुतोष मिश्रले कम्तीमा तीन जनाको नाम सिफारिस गर्न सकिने व्यवस्था हुँदा हुँदै आफ्नो नाम हटाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।उनले कांग्रेस भित्र अलोकतान्त्रिक अभ्यास भएको आरोप लगाएका छन् ।
‘म स्वयं पनि आफ्नो उम्मेदवारीको आवेदन पार्टीद्वारा जारी मापदण्ड अनुसार क्षेत्रीय सभापतिलाई बुझाएको थिएँ, तर त्यसलाई फालियो र एकलौटी नामहरु सिफारीस गरियो,’ मिश्रले विज्ञप्तिमा लेखका छन, ‘भ्रष्ट, कमजोर, लोभी र अति नै निम्न स्तरीय प्रकृतीको सिफारिसको घोर निन्दा गर्दछु ।’पार्टीले प्रदेशसभाका लागि अष्टभुजा पाठक र बसुउद्दिन खाँको नाम सिफारिस गरेको छ । न्युनतम ३ जनालाई सिफारिस गर्न मिल्ने भए पनि एकलौटी रुपमा गुटबन्दी गरेर आफ्नो नामलाई छलफलमै नलगी फालिएको मिश्रको आरोप छ ।
कमेन्ट गर्नुहोस्