लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुनावअघि नै राजधानी दाङमा स्थानान्तरण हुन्छ:मुख्यमन्त्री केसी

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १०  गते २०७९।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले चुनाव अघि नै प्रदेश राजधानी दाङमा स्थानान्तरण गर्ने बताएका छन् ।पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको देउखुरीस्थित मुख्य कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले आफ्नै कार्यकालको अन्त्यसम्म राजधानी स्थानान्तरण गरिसक्ने बताएका हुन् ।


उनले राजधानी निर्माणको लागि कार्य विधि पारित भई प्रदेश सभा भवन बनिसकेको र राजधानीको गुरुयोजना निर्माण भईसकेको भन्दै अब छिट्टै स्थानान्तरण हुने बताए । ‘राप्ती उपत्यकामा राजधानी तोक्नका लागि सदनमा ठूलो संख्या विपक्षमा थियो । तर पनि तत्कालीन मुख्यमन्त्रीसँगै म कानुन मन्त्रीको हैसियतले यो काम सहज बनायौं,’ उनले सम्झिए ।मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सबैले सहयोग गरेर आफ्नो राजधानीको सपना पूरा गर्ने कार्यमा लाग्न सबैलाई आग्रह गरे ।


कमेन्ट गर्नुहोस्