लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हवाई प्रतिबन्धबारे सेफ्टी अडिट गर्न ईयूको टोली नेपाल आउदै

tillotmacitynews - 2022 Jul 31 09:47 PM
IMG

तिलोत्तमा सिटी न्युज, साउन १४ गते २०७९। नेपाललाई सन् २०१३ देखि हवाई प्रतिबन्ध सूचीमा राखेको युरोपेली युनियन (ईयू) को टोली सेफ्टी अडिट गर्न नेपाल आउने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ईयूले निकट भविष्यमा नेपालमा सेफ्टी अडिट गर्न आउनेबारे पत्राचार भएको जानकारी दिए ।


यस्तो पत्राचार शुक्रबार प्राप्त भएको र यो नेपालका लागि ठूलो अवसर भएको उनले बताए ।ईयू नेपालमाविना शर्त अडिट गर्न आउन तयार भएको भन्दै नेपाल अधिकतम तयारीका साथ प्रस्तुत हुने उनले बताए ।यसअघि यसै वर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मूल्यांकनमा नेपालले औसत भन्दा राम्रो नतिजा ल्याएको र यो ईयूको हकमा समेत सहयोगी हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्