लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रहरीलाई तत्काल हतियार किनिँदैन : प्रधानमन्त्री देउवा

IMG

तिलोत्तमा सिटी न्युज, असार ३० गते २०७९ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा हतियार नकिन्ने बताएका छन् ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए ।नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए ।‘प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौं’ सभापति देउवाले बैठकमा भनेका थिए। प्रहरीलाई हतियार किन्न भन्दै यसअघि बजेट रकमान्तर गरिएको थियो ।

कमेन्ट गर्नुहोस्