लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आश्रमका वृद्धवृद्धालाई दही चिउरा

IMG

तिलोत्तमा सिटी न्युज, असार १५ गते २०७९। राष्ट्रीय धान दिवस तथा दहि चिउरा खाने दिन पारेर मानव सेवा आश्रम बुटवलका वृद्धवृद्धाहरुलाई एउटा सामाजिक संस्थाले दही चिउरा खुवाएर छन । लायन्स क्लब अफ बुटवल खस्यौलीले बुधबार आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दहीचिउरा खुवाएको हुन । क्लबका अध्यक्ष विष्णु प्रसाद उपाध्यायले सामाजिक उत्तरदायित्वमा युवाहरुको अग्रसरता जरुरी रहेको बताए । बुटवलमा सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको लायन्स क्लब अफ बुटवल खस्यौलीको आयोजनामा दही चिउरा खुवाउने कार्यक्रम गरिएको हो । परिवारबाट टाढा भएका आश्रममा बस्नेहरुलाई पर्वको अवसर पारेर मिठो खुवाउने प्रचलन प्रारम्भ गरेको उनले बताए ।


सबैको साथ सहयोगको अपेक्षामा आश्रम रहेको उनले बताए । कार्यक्रम सफल बनाउन बस्याल किरानाका संचालक बिनोद बस्याल, हिम कस्तुरी मिष्ठानका संचालक गणेश पौडेल, पोखरेल दूध डेरीका संचालक धुर्ब पोख्रेल, क्लबका अनिल पौडेलबाट समेत सहयोग मिलेको उनले बताए । आश्रमका १ सय ४५ जनालाई सेवा दिएको उनले बताए । आफनो कार्यक्रममा करीब ५ दर्जन बढी मानव सेवाका काम सम्पन्न गर्न सफल भएको उनले दाबी गरे । कार्यक्रममा बोल्दै आश्रमकी सरु अधिकारीले समाजका मनकारीहरुको सहयोगबाट आश्रम संचालन गर्न सहज भएको बताईन ।


आश्रमको आफनै भवन निमार्ण भएपछि वृद्धवृद्धाहरुलाई सेवा दिन सजिलो हुने उनले बताईन ।कार्यक्रममा आश्रमका संरक्षक शेर बहादुर गौतम, क्लबका सचिब बिकास गौतम, वर्ष २०२२/२०२३ का अध्यक्ष कमल देवकोटा, सचिब अनिल पौडेल, कोषाध्यक्ष राजु खत्रीले सामाजिक कार्यलाई आगामी वर्षमा निरन्तरता दिने बताए ।




कमेन्ट गर्नुहोस्