
तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९। तिलोत्तमा नगरपालिकाको कार्यपालिकामा सबै सदस्य नेकपा एमालेबाट निर्वाचित भएका छन् ।बुधबार ५ जना महिला तथा ३ जना दलित र अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट ८ वटै सिटमा जित निकालेको हो ।निर्वाचनबाट महिला सदस्यहरुमा राधा शाही, लक्ष्मी घिले, साबित्रा आचार्य , देबकी चौधरी र तारा सुनार निर्वाचित भएका छन् । त्यस्तै दलित र अल्पसंख्यकतर्फ नेकपा एमालेकै सुरेन्द्र श्री , नर ब. छन्तेल, रबि सेन्चुरी निर्वाचित भएका निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्