
तिलोत्तमा सिटी न्युज, जेष्ठ १८ गते २०७९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन् । उनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए । बुधवार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दाबी गरे ।अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको समेत बताए ।उनले सरकारले ल्याएको बजेट स्रोतको यकीन नगरी अनुमानको भरमा आएको पनि बताए ।
कमेन्ट गर्नुहोस्