लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका नवनिर्वाचित प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण

tillotmacitynews - 2022 May 27 05:12 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९ ।   तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामकृष्ण खाँण  र उपप्रमुख जागेश्वरीदेबी चौधरीले पदभार ग्रहण गरेका छन् । नगरप्रमुख खाँण र उपप्रमुख चौधरीले आज दिउसो तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् । तिलोत्तमा नगरपालिकाका प्रथम तथा पूर्व मेयर बासुदेव घिमिरेले दुबैजनालाई कार्यकक्ष मै स्वस्ती-शान्ति गरि पदभार ग्रहण गराएका हुन् । 

त्यस्तै आजै दिउसो नगरपालिकामा आयोजित पदस्थापन समारोहमा तिलोत्तमाका नवनिर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई नगरप्रमुख खाँणले सपथ ग्रहण गराएका छन्  ।



कमेन्ट गर्नुहोस्