लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला दाङ प्रहरीको नियन्त्रणमा

tillotmacitynews - 2022 May 12 09:50 AM
IMG

तिलोत्तमा सिटी, बैशाख २८ गते २०७९ ।  नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । दाङको भालुवाङबाट प्रहरीले उनलाई आज बिहान ४ बजे घर जादै गरेको गाडीबाट पक्राउ गरेको हो । बास्तोला आफ्नो घर सुर्खेत जाँदै थिए । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई सोधपुछका लागि दाङ प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।  पूर्व-पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्जतर्फ जाँदै गरेका बास्तोला सहित केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । बास्तोलाको साथमा सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तान पनि छन् । बास्तोला संयोजक रहेको नेकपा बहुमतले केही दिन अघिमात्र स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । 



कमेन्ट गर्नुहोस्