लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अपहरणपछि एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ

IMG

तिलोत्तमा सिटी, बैशाख २८ गते २०७९ ।  एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरेको आरोपमा उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी एमाले कार्यकर्ता जुनमाया बुढा डुँसी बुढाको अपहरणपछि हत्या गरेको आरोपमा निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी प्रकाश डाँगीले बताए । जिल्लाको पुथा उत्तरगंगा वडा नम्बर ११ टक्सेरामा चुनावी प्रचारप्रसारको क्रममा माओवादी र एमाले कार्यकताबीच झडप भएको थियो । 


सोही घटनामा क्सेराकी ३९ वर्षीया जुनमायालाई माओवादी कार्यकर्ताले अपहरण गरेर हत्या गरेको डीएसपी डाँगीले बताए । झडपपछि ३ जनाको अपहरण भएको भन्दै एमालेले र माओवादीले पनि ३ जना हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीमा जुनमायाको अपहरण गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्व निवेदन दिएको थियो । निवेदनपछि प्रहरीले खोजतलास गर्दा जुनमायाको शव टक्सेरादेखि २ घण्टा हिँडाइको दूरीमा रहेको दानव जंगलमा भेटिएको डीएसपी डाँगी जानकारी दिए । 


‘गाउँमा चुनाव प्रचारका क्रममा दुवै पार्टीका कार्यकर्ताहरूबीच झडप भएको रहेछ,’ डीएसपी डाँगीले भने, ‘झडपपछि माओवादीले हाम्रा तीन जना नेता कार्यकर्ताहरु हराए भनेर निवेदन दिए । एमालेले दुई जना हराए भनेर निवेदन दिएका थिए । हराएकामध्ये ४ जना भोलिपल्ट २० गतेसाँझसम्म सम्पर्कमा आए । जुनमाया सम्पर्कमा आइनन् । त्यसपछि प्रहरीले खोजी अगाडि बढायो । खोजतलासको क्रममा २६ गते उनको हत्या गरिएको अवस्थामा जंगलमा भेटिएको हो ।’ मृतक जुनमायाका दाजुभाइहरू एमाले समर्थित रहेको जानकारीमा आएको डाँगीको भनाइ छ । झडप भएको ठाउँमा जुनमाया विवाद मिलाउन भन्दै पुगेकी थिइन । त्यहीँबाट उनलाई अपहरण गरेको बताइएको छ ।  शवलाई एक्स्पर्ट विशेषज्ञसँग पोस्टमार्टम गर्न भनी बुटवल ल्याएको छ । घटनामा संलग्न भएको अभियोगमा जनप्रतिनिधिसहित ३ जना माओवादी कार्यकर्ता पक्राउ परेका हुन् ।उनीहरुलाई अदालतबाट कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डाँगीले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्