लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले बुटवलका मेयर पदका उम्मेदवार भट्टराईकी पत्नीमाथि पैसा बाढेको आरोप

tillotmacitynews - 2022 May 11 04:58 PM
IMG

तिलोत्तमा सिटी, बैशाख २८ गते २०७९ । बुटवलमा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेकाे छ । बुटवल ११ टपमजुवामा मतदातालाई पैसा बांडेकाे आराेपमा भट्टराईकी श्रीमती माया भट्टराईलाई प्रहरीले पक्राउ गरेकाे हाे । नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईमाथि निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको आरोप लागेको छ । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका  कार्यकर्ताले मेयरकी श्रीमती भट्टराईलाई कब्जामा लिएका लिएका थिए । सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् ।  पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् । घटनाबारे इलाका प्रहरी कार्यलय वुटवलका डीएसपी ठगवहादुर केसीसंग कुरा गर्दा उनले आफु त्यही कुराको अनुसन्धानमा व्यस्त भएको बताए । उनले भने के "रहेछ हामी अनुसन्धान गर्दैछौं ।" बाबुराम भट्टराई नेकपा एमालेको तर्फबाट  बुटवलको मेयर पदका उम्मेदवार हुन् ।  

कमेन्ट गर्नुहोस्