
तिलोत्तमा सिटी,२०७९ बैशाख २७ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको तर्फ़बाट उपमेयर पदमा उम्मेदवारी दिएकी शुभावती कुर्मीको गएराती मृत्यु भएको छ । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । उपचार कै क्रममा राति १ बजे कुर्मीको निधन भएको नेपाली काँग्रेस कपिलबस्तुले जानकारी दिएको छ । कुर्मीको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ । नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन ।
कमेन्ट गर्नुहोस्