
तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । रमेश डुम्रेले, तिलोत्तमा ५ लाई तिलोत्तमा कै नमुना वडा बनाउने संकल्प लिएको बताएका छन् । तिलोत्तमा सिटीसंग कुराकानी गर्दै उनले, नागरिकको विश्वास आफु र आफ्नो पार्टीमाथी रहेकाले पनि नगरको विकासका लागि यहाँहरुले जुन विश्वास गरेर मलाई मत दिन्छु भन्नुभएको छ, त्यहिनै मेरो जित्ने रणनीतिक आधार हो । डुम्रेले भने । बिकाश र सुसासनको निम्ति आम जनताको घर घरमा पुगेर सेवा प्रवाह गर्ने लक्ष्य उनले बनाएका छन् ।
अघिल्लोपटकको चुनावलाई सबकको रुपमा लिदै यसपाली भ्रस्टाचारमुक्त वडा बनाउन दिनरात नभनी लागिपर्ने र वडामा रहेको करको दायारालाई न्यूनीकरण गर्नपनि आफुसंग धेरै योजना रहेको नेता डुम्रेले खुलासा गरे । जनताको मालिक भएर होइन सेवकका रुपमा काम गर्ने मनस्थिति बनाएर नै आफु चुनाबमा होमिएको र नेपाली कांग्रेसको साझा गठबन्धनको जीत सुनिचित रहेको उनले दाबि गरे । फोहोरको पैसा निसुल्क गर्ने, ६० वर्ष उमेर पुगेका बुवा आमाहरुलै घरमै पुगेर सेवा दिने र बिमा लगायतका कार्यक्रम पनि तत्काल लागु गार्ने योजना आफ्नो रहेको बताए । स्वास्थ्य, शिक्षा र बिकाश निर्माणको लागि आफ्नो उम्मेद्वारी रहेको पनि नेता डुम्रे ले बताएका छन् । नेता डुम्रेसंग गरिएको थप कुराकानी हामी तिलोत्तमा सिटीमा प्रकाशन गर्ने छौ ।
गठबन्धनले तिलोत्तमा वडा न ५ को अध्यक्ष पदमा उम्मेदवार रमेश डुम्रे, महिला सदस्य पदमा उम्मेदवार धर्मादेवी न्यौपाने, दलित महिला पदमा उम्मेदवार प्रमिला सुनार र सदस्य पदमा उम्मेदवार हरी पन्त, तथा हिरा गिरी लाई उम्मेदवार बनाएको छ भने संयुक्त गठबन्धनले तिलोत्तमाको मेयर पदमा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खांड र उपमेयरमा नेकपा माओबादी केन्द्रका जुझारु नेता हेमन्त पाण्डेलाई उम्मेदवार बनाएको छ ।
कमेन्ट गर्नुहोस्