लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

“ओमसतियाको बिरासत बचाउछु-सरकारी तलबभत्ता सामाजिक काममा लगाउँछु ”

IMG

तिलोत्तमा सिटी, बैशाख २५ गते २०७९ । नेकपा माओवादी केन्द्रबाट ओमसतिया गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विजय कुमार यादवले सरकारी तलबभत्ता सामाजिक काममा लगाउने घोषणा गरेका छन् । पालिकामा गठबन्धन गरेका नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको संयुक्त रुपमा भएको घरदैलो कार्यक्रमपश्चात् भएको कोणसभालाई सम्बोधन गर्दै यादवले आफू निर्वाचित भएपछि सरकारबाट प्राप्त गर्ने तलबभत्ता सामाजिक क्षेत्रमा खर्च गर्ने बताए । शान्त, शालीन र सहयोगी स्वभावका यादव गाउँटोल र छरछिमेकमा कसैलाई दुःख पर्दा सहयोग गर्न तत्पर हुन्छन् । उनले संक्षिप्त कुराकानीमा भने, “पाँच वर्षमा राज्यले प्रदान गर्ने सबै सरकारी तलबभत्ता सामाजिक तथा विकास निर्माण कार्यहरुमा लगाउँछु । यहाँको जनतालाई सर्वोपरी ठानेर काम गर्नेछु” उनले भने । कोभिडका बेला पनि निःस्वार्थ भावनाले यादव समस्यामा परेकालाई निरन्तर सहयोग गरेका थिए । यादवमा खानदानी छाप परेर पनि होला, अरुलाई सहयोग गर्ने भनेपछि हुरुक्क हुन्छन् । यादवका बुवाबाजेहरु पनि निकै सहयोगी भावनाका रहेको स्थानीय बासीहरु बताउने गर्छन् ।


उद्योग व्यवसाय गरेर रमाइरहेका यादव गाउँपालिकामा हुने गरेको अनियमितता र भ्रष्टचारलाई निर्मुल पार्न राजनीति क्षेत्रमा लागेर संयुक्त गठबन्धनको तर्फबाट ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको यादवले बताए । गाउँपालिकालाई गर्व गर्न लायक बनाउने सोच र अठोट गरेका यादव विभिन्न प्रतिवद्धताहरु सहित चुनावी मैदानमा होम्मिएका छन् । गाउँपालिकामा गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले संयुक्त रुपमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनको लागि जनभेटघाट तथा घरदैलो कार्यक्रममा गठबन्धन जुटेको हो । गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले संयुक्त रुपमा पालिकाभित्रका प्रत्येक टोलटोलमा जनभेटघाट तथा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनलाई जिताउनका लागि उत्साहित दुवै पार्टीका कार्यकर्ता नेताहरुले मतादाताको घर घरमा पुगेर मतदाताहरुलाई गठबन्धनलाई विजयी बनाउन अनुरोध गरेको छन् । घरदैलो तथा जनभेटघाट कार्यक्रममा गठबन्धनबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार विजय कुमार यादवले घरदैलो कार्यक्रमसँगै जनताका समस्या गुनासो सुन्ने काम भैरहेकाले निर्वाचित भएपछि सोहि अनुुुसार काम गरिने बताए । उहाँले आफूहरु विभिन्न प्रतिवद्धताहरु सहित जनताका घरघरमा पुगेको बताए । यादवले यस अघि पालिकाको बागडोर सम्हालेका नेताहरु तथा जनप्रतिनिधिहरु जनअपेक्षा अनुरुप काम नगरेको र भ्रष्टचारमा लिप्त रहेको आरोप लगाउँदै आफू निर्वाचित भएपछि ती जनप्रतिािधिहरुलाई कानुनी काठघरामा ल्याउने बताए । त्यस्तै पालिकाको नामाकरण सतियामाईको नामले नामाकरण भएतापनि यसको चिनारीका लागि कुनै किसिमको काम नभएको जिकिर गर्दै गाउँपालिकालाई सबैले गर्व गर्न लायक बनाउने आफ्नो योजना रहेको उल्लेख गरे । पलिका अध्यक्षका उम्मेदवार सहित यादव सहित गठबन्धनबाट उपाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका सुनिता चौधरी, वडा अध्यक्ष पदका उम्मेदवारहरु तथा गठबन्धन गरेका दुवै पार्टीका नेता कार्यक्रताहरुले संयुक्त रुपमा घरदैलो तथा भेटघाट कार्यक्रम गरिरहेका छन् ।


कमेन्ट गर्नुहोस्