
तिलोत्तमा सिटी, बैशाख २४ गते २०७९ । नेकपा एमाले तिलोत्तमा वडा न. ९ ले शनिबार वडाका ३ ठाउँमा छुट्टाछुट्टै ठाउँमा कोणसभा सम्पन्न गरेको छ । बैशाख ३० गतेको आसन्न निर्वाचनलाई मध्यनजर राखेर कोणसभा सम्पन्न गरिएको नेकपा एमाले तिलोत्तमा ९ निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ । एमालेले वडाको मंगलापुर, केवलानी र दक्षिणटोलामा कोणसभा गरेको हो ।
वडाको मंगलापुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले तिलोत्तमाका मेयर पदका उम्मेदवार मोहन चापागाईले, नेपाली कांग्रेसमा परिवारबाद हाबी रहेको भन्दै त्यसलाई चिर्न पनि नेकपा एमालेले चुनाब जित्नुको बिकप्ल नरहेको बताए । ''के कांग्रेसमा परिवार बाहिरका मान्छे उम्मेदवार बन्ने लायक छैनन् ? परिवारवादको भारी बोकेर राजनीति नहुने चापागाईको भनाई छ । नेकपा एमालेले चुनाब जित्न्ने पक्कापक्की जस्तै छ, अहिलेसम्मको घर दैलो र चुनाबी सभाले पनि तिलोत्तमाको जनमत आफुहरुको पक्ष्यमा रहेको प्रस्ट देखिएको उनले बताए । तिलोत्तमाका लागि आफुहरुले साझा फुलबारी जसरी फरक फरक क्षेत्र र समुदाय एवं उत्तर देखि दक्षिणसम्म मिलाएर उम्मेद्वारी दिएको छौ, हाम्रो मनस्थिति जित तर्फ़ लम्किसकेको छ, हामि पछाडी हट्दैनौं चापागाईले भने ।
केवलानिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले तिलोत्तमाको तर्फबाट उपमेयर पदकी उम्मेदवार जागेश्वरीदेवी चौधरीले, न्याय सम्पादनदेखि तिलोत्तमालाई देशकै उत्कृष्ट बनाउने सम्मको कार्य एमालेले गरेको बताईन । देश कै नमुना नगरपालिका बनाउन जसरी पहिला खट्यौं अब पनि त्यो भन्दा बढी गरेर देखाउने अभिलाषा छ, चौधरीले भनिन- "पार्टीले दिएको जिम्मेवारी पूर्णता पालना गर्दै जित हासिल गर्नेछौं ।
दक्षिणटोलाको कोणसभालाई सम्बोधन गर्दै वडा अध्यक्ष पदका उम्मेदवार बाबुराम भण्डारीले, नेकपा एमालेले चुनाव जितिसकेको र अब घोषणा हुन बैशाष ३० कुरेको बताए । घरदैलोका क्रममा जनताका हरेक समस्यासँग चिरपरिचत भएको र जनता कै पक्षमा काम गर्न आतुर रहेको बताए ।
कोणसभामा विभिन्न पदका लागी उम्मेद्घारी दिएका उम्मेदवारहरूको साथमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन नेकपा एमाले तिलोत्तमा वडा न. ९ का सचिव शंकर भूषालले गरेका थिए । बैशाख ३० गतेको निर्वाचनका लागि नेकपा एमालेले एमाले तिलोत्तमा ९ ले वडा अध्यक्ष पदमा उम्मेदवार बाबुराम भण्डारी, सदस्य पदमा उम्मेदवार कमल शर्मा रेग्मी, महिला सदस्य पदमा उम्मेदवार तारा राना, दलित महिला पदमा तारा सुनार र सदस्य पदमा गोबिन्द गुरुङ लबसन्लाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले तिलोत्तमामा मेयर पदमा मोहन चापागाई र उपमेयरमा जागेश्वरी देवी चौधरीलाई उम्मेदवार बनाएको छ ।
कमेन्ट गर्नुहोस्