लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानीय तह निर्वाचन हुने ३० वैशाखमा जहाज नउड्ने

IMG

तिलोत्तमा सिटी,बैशाख २३ गते २०७९। स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ ।बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी यस दिन उडान नहुने जानकारी गराएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार समेत सो दिन कम्पनीका कुनै पनि उडान हुने छैनन् ।निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने छन् । सो क्रममा हवाई यातायात समेत बन्द हुने भएको हो । यद्यपी अन्तर्राष्ट्रिय उडानका जहाज भने नियमित हुनेछन् ।निर्वाचन आयोगले यो दिन विदेश जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ ।निजी सवारी साधनले जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्छ । तर, सार्वजनिक यातायात भने चलाउन पाइँदैन ।

कमेन्ट गर्नुहोस्