लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदहको मेयर पदमा खरेलको उम्मेदवारीले नगरबासीमा उत्साह

IMG

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९।  नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदहले चुनाव प्रसार अन्र्तगत घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले देवदहले घरदैलो अभियान संचालन गरेको हो ।स्थानीय तहको निर्वाचन अन्र्तगत एमालेले देवदहका विभिन्न वार्डबाट घरदैलो अभियान संचालन गरेको हो । मेयर पदका ध्रुव खरेल,उपमेयर पदका विद्यालक्ष्मी गुरुङ, र विभिन्न वडाका अध्यक्षहरु एवं वडा सदस्यहरुका उम्मेदवारले घरदैलो अभियान संचालन गरेको सो पार्टीले जनाएको छ । 


नगरको घरदैलो अभियानमा बोल्दै मेयर पदका उम्मेदवार धुव्रप्रसाद खरेलले देवदहलाई बहुआयामिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुले पहल गर्ने दावी गरे। देवदह दह, सातपत्रे सिमसार क्षेत्र, खयरडाडा दवार क्षेत्र र मायादेविको गरिमा, भलुहीमा रहेको रोहिणी नदीलाई विश्वका पर्यटकहरु आउने गरी संरचना तयार गर्ने लगायतका दर्जनौ पर्यटकिय क्षेत्रको बिकास गरी समृद्ध देवदह बनाउने योजना रहेको उनको भनाइ छ ।  सोही अवसरमा बोल्दै उपमेयरका उम्मेदवार विद्यालक्ष्मी गुरुङले गत २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित भएका कारण सोचे जस्तो काम गर्न नसकेको बताउँदै स्थानीय तहमा भएका सिमित श्रोत साधन प्रयोग गर्दै धेरै विकास निर्माणको काम गरेको दावी गरिन् । उनले अघिल्लो पटकको मेयर पदमा भएको पराजितलाई  एमालेका सबै कार्यकर्ता नेता मिलि त्यसका बिरुद्ध एकबद्ध भै जित हासिल गर्नुपर्ने बताईन। घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।


सामाजिक छबि राम्रो बनाएका मेयर पदका उम्मेदवार ध्रुव खरेलले यसपालिको चुनाबमा नेकपा एमालेको सबै वडासंगै नगरमा शानदार जित हुने निश्चित रहेको बताएका छन्। हामी त्यहि बिश्वासका अनुसार अघि बढेका छौ : खरेलले भने। 




कमेन्ट गर्नुहोस्