
तिलोत्तमा सिटी, बैशाख १८ गते २०७९ । आसन्न स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा राजनितिक दलहरुले आ–आफ्नो तरिकाले प्रचार प्रसारका कार्यक्रम अगाडी बढाईरहेका छन् । यसै क्रममा ने.क.पा. (एमाले) ले तिलोत्तमा-१६ मा वडा अध्यक्षको रुपमा आफ्नो उम्मेदवार बनाएका केशब चौधरीले आगामी पाँच वर्ष भित्रमा तिलोत्तमा-१६ लाई तिलोत्तमा कै नमुना वडा बनाउने प्रण लिएका छन् । बैंकर्स पेशा छाडी राजनितिमा लागेका चौधरी अहिले बैशाख ३० को चुनाबी अभियानका लागि घर दैलो, प्रचार प्रसार र चुनाबी सभा लगायतका काममा ब्यस्त बनेका छन् ।
साबिकको मधवलिया गा.वि.स. वडा नं. ८ हाल तिलोत्तमा १६ बिहुली स्थाई घर भएका चौधरी लामो समय देखी सो क्षेत्रमा रहेर सामाजिक क्षेत्रमा क्रिर्याशिल व्यक्तित्व हुन । खाईपाई आएको जागिर छोडेर आफ्नो समाज, समुदाय र देश निर्माणका खातिर राजनिति नै सही लागेर ने.क.पा. (एमाले) बाट स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएको चौधरी बताउछन् । “पार्टीले मलाई बिश्वास तथा भरोसा गरेर जिल्ला कमिटि तथा ति.न.पा. १६ नं. वडाको ईन्चार्जको जिम्मा दियो जसमा सफल पनि भए, चौधरीले यो वडालाई आफ्नो अहिलेसम्मको विभिन्न काम गराई सिकाई र भोगाई, अनुभव र तालिम बाट ज जस्तो सिकेका छन् तेस्लाई आगामी दिनमा ब्यबहारमा उतार्ने प्रण गरेका छन् ।
को हुन् केशब चौधरी ?
केशब चौधरीको जन्म बि.स. २०३२ सालमा साबिकको मधवलिया गा.वि.स. बिहुलीमा पिता बाबुराम चौधरी र आमा बिना सिंह चौधरीको कोख बाट भएको थियो । दुई छोराका पिता केशब पत्नी उमा सिंह चौधरी संगै संगोल परिवारमा बिहुलीमै बसोवास गर्छन । उनको पारिवारीक पृष्टभुमी पहिलै देखी नै राजनितिक क्षेत्रमा क्रियाशील रहेकाले बुवा बाबुराम चौधरी कै सिको गर्दै केशब पनि राजनीतिमा लागेको बताउछन् । बंशानुगत अर्थात् रगत मै राजनीति भएर होला उनलाई पनि सबै छाडेर राजनीतिमा होमिन मन लाग्यो। पेशाले एक कानुन व्यवसायी (वकिल) र कर्मशियल बैकमा अधिकृत स्तरको बैंकर्स समेत रहिसकेका केशब चौधरीलाई जागिरले भन्दा पनि राजनीतिले तान्यो र अहिले उनि एमाले तिलोत्तमा-१६ को वडा अध्यक्ष पदमा लड्दैछन् ।
बिगतको कुरा गर्दा केशब भन्छन, पिता बाबुराम चौधरी मधवलिया मा.वि.मा प्रधानध्यापक रहेकै वखत पार्टीको अनुरोधमा बुवाले जागीरबाट राजिनामा दिनुभयो र बि.सं. २०४९ सालमा मधवलिया गा.वि.स.को अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएपश्चात ने.क.पा.(एमाले) को जिल्ला कमिटिको उपाध्यक्ष समेत बन्न सफल हुनु भयो । आमा बिना सिंह चौधरीको कुरा गर्दा मधवलिया मा.वि.को प्रधानध्यापकबाट सेवा निवृत भएपछि नेपाल बार एसोसियसनको केन्द्रीय समिति सदस्य साथै भैरहवा जिल्ला अदालतमा एक महिला कानुन व्यवसायी भई समाज सेवामा अग्रसर रहनुभयो । श्रीमति उमा सिंह चौधरी गृहणीको भुमिकामा रमाउदै गर्दा जेठो छोरा स्नातक तहको पढाई गर्देछन् भने चौधरीका कान्छा छोरा ५ कक्षामा पढदै छन् ।
तिलोत्तमा नगर खेलकुद बिकास समितिको पदाधिकारी समेत रहिसकेका चौधरी यस क्षेत्रमा खेलकुदलाई स्थापित गरी युवा लछित बिभिन्न कार्यक्रममा आबद्ध रहिसकेका छन् भने आफै पनि खेलकुदमा मरिहत्ते गर्छन । चौधरीले बिभिन्न क्लवहरुको संस्थापकको रुपमा रहेर पनि काम गरेको अनुभब छ भने बि.सं. २०६८ सालमा मधवलिया व्याटमिन्टन क्लवको स्थापना गरि सो को संस्थापक उपाध्यक्ष समेत भै काम गरे । उनले व्याटमिन्टनका लागि सुबिधा सम्पन्न कर्वड हल बनाए भने अहिले सोहि क्लबको अध्यक्ष भै काम काज समेत गर्दै आएका छन् । उनले व्याटमिन्टनको बिकाशका लागि नगरस्तरीय टुनामेन्ट आयोजना गर्दे क्लवलाई थप सक्रिय बनाएका छन् । चौधरी बुद्ध स्मृती क्लवको पनि संस्थापक अध्यक्ष हुन् । बिगत ३ वर्ष देखी दुर्गापुजा समितिको अध्यक्ष समेत रहेका चौधरीले बिहुली गाँउमा हुने बृहत दुर्गा पुजामा आफै सक्रिय भएर काम गर्ने गरेको स्थानियहरु अनुभब छ।
अन्तराष्टिय लायन्स क्लवको संस्थापक सदस्य भै लायन्स क्लव अफ मिड टाउन कोटीहवा गठन गरेका केशब चौधरीले वर्ष २०१९/२० को अध्यक्ष भै काम गरेको अनुभब छ भने लियो क्लवको स्थापनामा पनि उनको महत्वपुर्ण देन छ । चौधरीले आफ्नो प्रारम्भिक अध्ययन मधवलिया मा.वि.बाट सुरु गरेर केउलानीमा अवस्थित गौतम बुद्ध उ.मा.वी बाट एस.एल.सी उतीर्ण गरेका थिए । सो पश्चात रुपन्देही ''ल'' क्याम्पसबाट आई.एल.सकी बुटवल बहुमुखी कलेजमा बि.एल तहको अध्ययन तथा भैरहवा बहुमुखी क्यमम्पसबाट समाजशास्त्रमा स्नात्तोतर गरेका छन् ।
केशबको राजनीतिक यात्रा घरबाटै सुरु भएको थियो, चौधरीको बुवा रुपन्देही जिल्लामा कम्युनिष्ट आन्दोलनको अगुवा कार्यकर्ता भएकाले घरमा बिभिन्न तह र तप्पाका कार्यकर्ताको आवत जावत हुने गर्थ्यो र तत्कालिन सरकारबाट पक्राउ पुर्जी जारी भएका नेता हरुको सेल्टर स्थान पनि चौधरीकै घर बन्यो। सानै उमेरमा राष्टिय राजनिति बुझेका चौधरीको औपचारिक पार्टी प्रबेश स्कुल पढ्दै गर्दा बि.स. २०४९ सालमा अनेरास्वीयुको प्रारम्भिक कमीटि हुदै जिल्ला तहसम्म पुग्न सफल भए । २०५१ को स्ववियु निर्वाचनमा रुपन्देही कानुन क्याम्पसबाट भारी मतले बिजयी भएका उनि स्वीयु उप सभापति पदमा समेत निर्वाचित हुन् ।जागिरको सिलसिलामा केही समय ब्यस्त रहेपनि वडाबाट सदस्य, उपाध्यक्ष हुदै नगर सदस्य भै हाल नवौ जिल्ला अधिवेसनबाट जिल्ला कमिटि सदस्यमा समेत निर्वाचित भै कामकाज गर्दै आएका छन् ।
कानुनको पढाई सकेर चौधरीले जिल्ला अदालतमा केही समय वकालत समेत गरे । नेपाल बार एशोसियशन रुपन्देही जिल्ला समितिको ३ वर्षे निर्वाचित सदस्य भै बिभिन्न राष्टिय तथा अन्तराष्टिय सस्थाहरुमा समेत काम काम गरेका उनले बिभिन्न जिल्लामा सामाजिकअभियन्ताको रुपमा काम गरेको अनुभब छ । लुम्बिनी बिकाश कोषमा ४ वर्षे ना.सु पदमा जागिर समेत गरेका चौधरीले पछि बैङकमा समेत जागिर गरे । ग्रामिण स्तरमा बैकको पहुच प्रदान गर्नमा महत्वपुर्ण योगदान खेलेका उनले १३ बर्षे बैङक जागिरबाट राजिनामा दिई राजनितिमा सक्रिय भएको बताउछन् । चौधरी आफ्नो १९ वर्षे जागिरको अनुभवलाई राजनिति मार्फत समाज रुपान्तरणमा लगानी गर्न चाहनछन् ।
यहि बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा सिंगो पार्टी सहित तिलोत्तमा-१६ बाट जीत हासिल गर्न उनि दिनरात नभनी खटिरहेका छन् । चौधरीले यो निर्वाचनमा आफ्नो अमुल्य मत हाम्रालाई भन्दा राम्रालाई दिएर जिताउन समेत आग्रह गरेका छन् । समग्र वडाबासी आफ्नो साथमा रहेकाले पनि जीत सुनिचित रहेको चौधरीको भनाइ छ । साथै उनले सही उम्मेदवारलाई आफ्नो आफ्नो अमुल्य मत दिएर अधिकारको सही प्रयोग गर्न जन समुदायमा अपिल समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्