
तिलोत्तमा सिटी, बैशाख १६ गते, विस २०७९ साल । आगामी बैशाष ३० गते हुन गैरहेको आसन्न स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा दलहरूले प्रचार प्रसार घरदैलो र चुनावी लक्षित सभाहरूलाई तीब्र पारेका छन । यसैक्रममा नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेद्घवारी दिएका तिलोत्तमा ९ निवासी युवा उम्मेदवार संन्जीव भण्डारीले कृषिमा आमुल परिवरर्तन र क्रान्तिको खाँचो रहेको औंल्याएका छन । तिलोत्तमा नगरपालिकाबाट उपमेयरमा उम्मेद्घवारी दर्ता गराएका उनले निर्यात भन्दा आयातमुखि बाटोमा देश गैरहेको भन्दै चिनेता समेत ब्यक्त गरे । देश मै उब्जनी हुने धान,गहुँ,मकै,दलहन र तेलहनका सबै जसो अन्नबाली बिदेशबाट आयात हुनु कृषिप्रधान देशका लागी झापड सिद्ध भएको छ । यो रोकिनुपर्छ," भण्डारीले भने । चुनाव जित्नकै लागी गरिने बिभिन्न फण्डा र आशाबादी नाराहरू होईन सच्चा अठोट र विकाशवादी सोच कै कारण आफु तिलोत्तमाको उपमेयर जस्तो गरिमामय पदका लागी उम्मेदवारको रूपमा उभिएको भण्डारीले प्रतिक्रिया दिएका छन।
तिलोत्तमा नगर क्षेत्रभित्र असिमित खेतियोग्य जमिन रहेको छ, "ती जग्गाहरूलाई सही तरीकाबाट उपयोग गरे नगरभित्र १२ मासे फलफूल र खेति गर्न सकिनेछ भण्डारीले तिलोत्तमा सिटीसँग भने, "कृषिमा अनेक प्रविधि अपनाउन सकिन्छ, कृषकलाई सिपयुक्त बनाउन सकिन्छ तर खै के भयो अहिलेसम्म ? भण्डारीले उल्टै प्रश्न गरेका छन । तिलोत्तमा नगरपालिका आफैमा उर्वर र सिंचाईका हिसाबले पनि उपयुक्त क्षेत्र भएकाले आफ्नो उत्पादन अन्य नगर वा क्षेत्रलाई निर्यात गर्न पनि सामर्थवान रहेको उनले औंल्याए । तिलोत्ताले टनेल हाउसहरू बनाएर खेति गर्न सक्छ, कृषिमा विदेशी प्रविधिहरू अपनाउन सकिन्छ,बेमौसमी खेति गरेर उत्पादन बढाउन सकिन्छ तर खै त ती काम भएका ? पुराना ढर्राका कामले जनता आजित भएका र नयाँ नेतृत्व एवं नगरपालिकाको मुहार फेर्ने दिशामा आफुले कुनै कसर बाँकी नराख्ने पनि नेता भण्डारीले औंल्याए ।
तिलोत्तमा नगरपालिका आफैं बलियो छ भनेर बस्न भएन, अझ बलियो बनाउने दिशामा के के गर्न सकिन्छ, आफुसँग प्रष्ट र सही भिजन भएको नेता भण्डारीले औंल्याए। नगरमा हरित क्रान्ति आवश्यक छ, नगरमा कृषि औंजार, बिसादी रहित आर्गानिक खेतीपातीको सुरुवात र नयाँ नयाँ प्रविधिको आवश्यक छ उनले भने । तिलोत्तमा क्षेत्रभित्र उत्पादन भएका कृषकका सबै सामाग्री नगरले आफै किन्ने गरि कार्ययोजना बनाएको भण्डारी भनाई छ । "जनताले उत्पादन गरेका सामाग्री कहाँ लगेर बेच्ने होला बजार कहाँ होला भन्न पर्दैन, सबै नगरपालिकाले ब्यवस्थापन गर्ने र त्यसका सही र समुचित भिजन र योजना आफुसँग रहेको उनले बताए । एकपटक विश्वास गरेर हेर्नुहोस-कृषक कै छोरो हुँ उनले भने तिलोत्तमा नगरपालिकालाई हराभरा र उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैन । भण्डारीले भने ।
कमेन्ट गर्नुहोस्