लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेसप्रति ओलीको कटु-टिप्पणी– कांग्रेसी घोषणापत्र बकवास र पागलहरूको प्रलाप

IMG

तिलोत्तमा सिटी, बैशाख १३ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्र बकवास र पागलहरूको प्रलाप  भनेर कडा टिप्पणी गरेका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् ।

उनले नेपाली कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नभएको बताए । ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन,’ उनले भने । उनले घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरिएको भन्दै उनले भने, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन ।’ 

कमेन्ट गर्नुहोस्