लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएलः पञ्जाबमाथि दिल्लीको सहज जित

IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार भएको खेलमा पञ्जाब किंग्समाथि दिल्ली क्यापिटल्सले ९ विकेटको सहज जित हात पारेको छ । बुधबारको खेलमा पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो ।  ११६ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १० ओभर ३ बल खेल्दै १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । दिल्लीलाई जित दिलाउने क्रममा डेभिड वार्नरले अविजित ६० रन तथा पृथ्वी शाहले ४१ रनको पाली खेले । आज बिहीबार आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । 


कमेन्ट गर्नुहोस्