
तिलोत्तमा सिटी, २०७८ बैशाख ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन नसर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको बताएका छन् । उनले भने, निर्वाचन सन्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै तर्क वितर्क भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौं ।’ प्रचण्डले सरकार र सरकारमा रहेका कुनै पनि दल निर्वाचन सार्ने मनसायमा नरहेको बताए । उनले सत्तारुढ गठबन्धन सम्पूर्ण रुपले निर्वाचनमा होमिइसकेको पनि बताए ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहालले सोमबार भने, 'सरकार र गठबन्धनको निर्वाचन सार्ने कुनै मनसाय छैन ।'
उनले नेपालमा मतदानको दिनसमेत निर्वाचन सर्छ भन्ने चर्चा हुने गरेको भन्दै अहिले निर्वाचन सर्ने चर्चामा कुनै सत्यता नभएको बताए । उनले भने, 'देश निर्वाचन प्रक्रियामा होमिई नै सकेको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा दलहरू देशव्यापी अभियानमा छन् । निर्वाचन के हुन्छ भन्ने प्रश्न पनि मिडिया र विभिन्न व्यक्तिले आशंकाले हेर्ने गरिएको छ । निर्वाचन सर्दैन, वैशाख ३० गते नै निर्वाचन हुन्छ । गठबन्धन दृढताका साथ निर्वाचनको तयारीमा लागेको छ । दाहालले वैशाख ३० गतेको निर्वाचनका लागि सत्तारुढ गठबन्धन एकताबद्ध भएर जाने तयारीमा रहेको दाबी गरे । उनले सोमबार नै महानगर र उपमहानगरमा चुनाव तालमेलबारे निर्णय हुने बताए ।
कमेन्ट गर्नुहोस्