
तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिइएको छ।प्रधानमन्त्री देउवा शुक्रबार तीनदिने भारत भ्रमणमा गएपछि प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम मन्त्री गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् ।प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू भारत गएका कारण नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्