
चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे पार्टीले देशमा आउने प्रत्येक राजनीतिक सङ्कटलाई मोचन गर्न भूमिका खेलेको भए पनि त्यसअनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो गर्नुभएकाे छ ।आज बिहीवार काठमाण्डाैमा आयोजित रिपोर्ट्स क्लबको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्ताे बताउनुभएकाे हाे । उहाँले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको पनि दाबी गर्नुभयाे । अध्यक्ष प्रचण्डले आउँदाे चुनावमा गठबन्धनमा रहेका दलहरू मिलेर जाने बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । हामीले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनाएका छौँ । नेपाली कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कार्यसमितिमा पनि करिब करिब गठबन्धनलाई कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा कुनै द्विविधा छैन । हामी मिलेर नै जान्छौँ।’अध्यक्ष प्रचण्डले देशको अर्थतन्त्रमा समस्या देखिएको भन्दै समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजी तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा वृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्ष निकालेर समाधानको उपाय खोज्ने पनि जानकारी दिनुभयाे ।
कमेन्ट गर्नुहोस्