लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केंद्र बुटवल-१७ को चुनाव प्रचारप्रसार र पार्टी कार्यालय शुभारम्भ

IMG

तिलोत्तमा सिटी,चैत्र १२ गते २०७८। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केंद्र) बुटवल उपमहानरपालिका वडा नं १७ मा भव्य रूपमा पार्टी कार्यालय तथा आसन्न निर्वाचनलाई लक्षित गरी चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ। माओबादी केन्द्रकी नेता मञ्जु भुसालको आतिथ्यतामा माओवादी केंद्र नेतृ युवा नेता मनोज राना , राजु गौडेल लगायतको उपस्थितिमा सो कार्यालयको उद्घाटन गरिएको युवा बिद्यार्थी नेता गणेश दाहालले बताए। वडा अध्यक्ष कृष्ण बहादुर नेपालीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालीले माओवादी केंद्र एकलै चुनाव लड्न सक्षम रहेकोले खुल्ला तरिकाले चुनावी माहोलमा सक्रिय हुन सबै कार्यकर्ताहरुमा आग्रह गरेका थिए। त्यस्तै अर्का वक्ता तथा विद्यार्थी नेता गणेश दाहालले गठबंधन नभए पनि नआत्तिने र  भए पनि उत्तेजित नहुनुपर्ने बताऊदै गठबंधन नभए पनि माओबादी आफ्नो मुद्दामा अडिग रहेकोले सबै बर्गको जितका लागी वादमा ससक्त ढंगले चुनाव लड्न तयार रहेको बताएका थिए। चुनावी माहोल तातेको बेला माओबादिको युवा पंक्तिले सबैले साथ दिने बताएका थिए। सो कार्यालय शुभारम्भ कार्यक्रम संचालन भेषराज पौडेलले गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्