लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पीएनजीले दियो नेपाललाई १७४ रनको लक्ष्य

IMG

२०७८ चैत ८ ,तिलोत्तमा सिटी ।  आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अन्तर्गत मंगलबारको खेलमा पपुवा न्युगिनीले नेपाललाई १७४ रनको लक्ष्य दिएको छ ।यूएई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिलो बलिङको निर्णय गरेपछि सुरुमा ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको हो ।पीएनजीलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई-दुई विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक-एक विकेट लिनुभयो ।पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाउनुभयो। नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।

कमेन्ट गर्नुहोस्