
२०७८ चैत ७, तिलोत्तमा सिटी । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपाललाई २०३ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनाएको हो ।युएईका लागि रोहन मुस्तफाले अर्धशतकिय पारी खेले । उनले ७३ बलमा २ चौका र १ छक्काको मद्दतमा ६० रन जोडे । ओपनरद्वय मोहम्मद वासिम र चिराग सुरीले क्रमश: ३३ र २६ रन बनाउँदा विस्फोटक ब्याट्सम्यान वृत्य अरविन्द २४ रनमै आउट भए ।सिपि रिजवानले ४, बासिल हामिदले १७, कासिफ दाउदले ३, अलिशान शराफुले २१, जहुर खानले ९ रन बनाए । अहमद रजा शून्य रनमै आउट भए ।नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र करण केसीले दुई/दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान एक/एक विकेट लिए ।
कमेन्ट गर्नुहोस्