लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबैको सम्मान र पर्वको संरक्षण गर्दै अघि बढौ : भुसाल

IMG

चैत्र ४ गते २०७८,तिलोत्तमा सिटी। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनितिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन।भैरहवाका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले बैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति जति राम्रो साधन हो त्यति खतरनाक पनि भएकाे उल्लेख गरे। राजनीतिमै मानिस मानिस विच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो छ अरु खराब छ भन्ने चिन्तनले एकअर्कामा लडाउनको लागि मतभेद देखाएमा त्यो राजनितिका लागि खतरनाक रहेको उनले भने ।संस्कृति, सभ्यता, ज्ञान विज्ञानले हामीलाई एक ठाँउमा जुटाउन, जुट्नका लागि धकेल्ने गरेपनि कहिले काही आउने भिन्नता ल्याउनका लागि राजनीति खतरनाक चिज छ,  यसमा राजनीतिज्ञहरुले सोचनु र विवेक प्रयोग गर्नुपर्ने बताए । 


नेपाली राजनीतिमा विभाजित गर्ने कुरा प्रभावशाली छैन, एकता बनाउने कुरा नै प्रभावशाली रहेको छ। नेपाली जात जतिमा विविधता भए पनि सबै जातजाती एक ठाउमा उभिएर सबैको सम्मान र पर्वको संरक्षण गर्दै आएका छन। यसलाई संरक्षण गर्दै राम्रो बनाउनु पर्छ, ना समझदारीका लागि संस्थागत र प्रभुद्ध वर्गले भूमिका खेल्दै जानु पर्ने उनले बताए।


होली जस्ता सांस्कृतिक पर्वलाई प्रोत्सहित गर्न जरुरी छ, यसले हामी एकै हौ भन्ने ठाँउ दिनका लागि वातावरण बनाउने गरेको नेता भुसालले भने। सांस्कृतिक चाडपर्वले आजको ज्ञान, विज्ञान, संचार संसारभरिको मान्छेहरुलाई एक ठाउमा ल्याउने गरेको बताउदै  यो पक्रियाले सास्कृतिक रुपमा पनि हामी हिन्दु, क्रिश्चियन, बौद्धिष्ट  मुस्लिम लगायतका राम्रा तरिकाहरु जिवनपयोगी छन भने सबैका लागि एउटा संस्कृति बन्न सक्ने उनले भने।सासद समेत रहेका भुसालले घुस नखाने नेताहरुको पार्टी, वा पार्टीहरु घुस नखाने मान्छेहरुको पार्टी बन्दिए भने बाटो प्रशासन र संस्कृति सबै बन्छ । उनले आफु यही कोणले हेर्ने गरकेो बताउदै भने ‘यो पार्टी घुस नखाने नेताहरुको पार्टी हो भन्ने स्थापित भयो भने मात्रै त्यो पार्टीले मुलुक बनाउछ ।’


सिद्धार्थनगरलाई वैदेशिक शहर र भारतका शहरहरुसँग प्रतिस्पर्धा गर्ने शहरको रुपमा स्थापित गराउनु जरुरी रहेको छ। घर बनाउन सजिलो छ ३ वर्षमा महल बन्छ तर तर प्रभुद्ध बर्ग बन्न पनि वर्षौ लाग्ने गरेकोले त्यसतर्फ संस्थागत विकासमा पनि ध्यान दिन जरुरी रहेको बताए।

कमेन्ट गर्नुहोस्