लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकदिवसीयमा ज्ञानेन्द्रको पहिलो विकेट

IMG

चैत्र २ गते २०७८,तिलोत्तमा सिटी। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् ।आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बुधबार भएको पपुवा न्यु गिनी विरुद्धको खेलमा ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा करियरकै पहिलो विकेट लिएका हुन् ।ज्ञानेन्द्रले खेलको २४औं ओभरमा बलिङ गर्दै पीएनजीका कप्तान असद भालाको विकेट लिए । उनले असदलाई कुशल भुर्तेलबाट क्याचआउट गराए ।ज्ञानेन्द्रले एकदिसवीय अन्तर्राष्ट्रियमा पहिलो पटक बलिङ गर्दै विकेट लिएका हुन् । यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानमा डेब्यु गरेका सन्दीप लामिछानेले पूर्वकप्तान ज्ञानेन्द्रलाई बलिङका लागि बल थमाएपछि ज्ञानेन्द्रले पनि त्यसलाई न्याय गरे ।

कमेन्ट गर्नुहोस्