लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युवा संघले निर्वाचन केन्द्रीय अभियान थाल्यो

IMG

तिलोत्तमा सिटी,फागुन २८ गते २०७८।नेकपा एकिकृत समाजवादी रुपन्देहीले स्थानीय तह निर्वाचन केन्द्रीत गरि अभियान थालेको छ । शनिबार युवा संघ रुपन्देहीले युवाहरुसँग चुनाव केन्द्रित प्रशक्षण एंव भेला सञ्चालन गरेको छ ।प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य राजु गुरुङले अब युवाहरु निर्वाचनमा होमिने बेला आएको बताए । उनले आफूहरु गठबन्धन गरेर वा एक्लै जसरी पनि चुनाव लड्न तयार रहेको बताए । प्रशिक्षणमा नेकपा (एकीकृत समाजवादी ) केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला उपाध्यक्ष सिद्धिचरण भट्टराई , जिल्ला सचिव अविराम बिक, प्रदेस कमिटि सदस्य श्रीराम यादव, चिन बहादुर गुरुङ लगायतले बोलेका थिए । 


युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ रुपन्देहीका उपसचिव सोम खातीको स्वागत, सचिव सार्दुल कसौधनको सञ्चालनमा सम्पन्न भएको थियो । प्रशिक्षण एंव भेलाले युवा संघ नेपाल रुपन्देहीले विभिन्न स्थानिय तहमा संगठन  विस्तार तथा निर्वाचन परिचालन कमिटि गठन भएको छ । जसमा तिलोत्तमा नगरपालिकामा श्याम प्रसाद गुरुङको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ नगरकमिटि गठन भएको छ । ओमसतिया गउँपालिकामा राकेश यादवको नेतृत्वमा ३१ सदस्यीय युवा संघ कमिटि निर्माण भएको छ । 


सैनामैना नगरपालिकामा टिकाराम भण्डारीको नेतृत्वमा ६५ सदस्यीय युवा संघ कमिटि निर्माण भएको छ । सियारी गाउपालिका मा आशिष जैसवालको नेतृत्वमा ३१ सदस्यीय कमिटि, गैडहवामा बाल गोविन्द जैसवालको नेतृत्वमा ३१ सदस्यीय कमिटि र कञ्चन गाउपालिकामा राजेश थापाको नेतृत्वमा ६५ सदस्यीय कमिटि गठन भएको छ । यस्तै भेलाले कृष्ण थापाको नेतृत्वमा ५ हजार १ सदस्यीय युवा परिचालन कमिटि गठन गरेको छ ।                                                  

कमेन्ट गर्नुहोस्