लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एकिकृत समाजावदी वडा न. ७ को कार्यालय उद्घाटन

IMG

तिलोत्तमा सिटी,फागुन २८ गते २०७८। नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगर वडा न. ७ ले वडा कार्यालय उद्घाटन गरेको छ । शनिबार पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष राजु गुरुङले चुनाव चिन्ह कलममा हस्ताक्षर गरेर पार्टी कार्यालय उद्घाटन गरेका हुन । कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गुरुङले स्थानीय तहको निर्वाचन केन्द्रीय अभियानमा सामेल हुन कार्यकर्तालाई निर्देशन दिए । उनले बुटवल उपमहानगरमा यसअघि आफूहरु नै खटिएर निर्वाचित गराएको स्मरण गर्दै बैशाख ३० गते हुने स्थानीय तहमा आफूहरुको जित सुनिश्चित भएको बताए ।


जिल्ला अध्यक्ष समेत रहेका गुरुङले एमालेले झुट प्रचार गरेको बताउँदै निर्वाचन परिणाम हेर्ने चुनौती दिए । यसअघि सुकुम्बासीलाई लालपूर्जा दिने भनेर एमालेले  झुट बोलेको अहिले सावित भएको बताउँदै अब जनता त्यस्ता झुटको पछि नलाग्ने उनको तर्क छ ।कार्यक्रममा नेकपा एकिकृत समाजवादी रुपन्देहीका सचिव अविराम विक, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापा, जिल्ला सदस्य राम बहादुर विक, जिल्ला सदस्य शेरजंग गुरु, वडाअध्यक्ष आशिक थापा, नेता सोम खाती लगायतले बोल्दै स्थानीय तहको निर्वाचनमा होमिएको बताए । 

कमेन्ट गर्नुहोस्