लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यू-१८ साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

IMG

 २०७८ फागुन २७ , तिलोत्तमा सिटी  ।  भारतमा हुने साफ यू-१८ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार बिदाइ गरेको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद‍्का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले टोलीलाई बिदाइ गरे ।


भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेच्याम्पियनसिपमा नेपालसहित आयोजक भारत र बंगलादेशको सहभागिता रहने छ ।नेपालले दोस्रो खेलमार्च १७ मा बंगलादेश खेल्नेछ । यस्तै नेपालले मार्च २१ मा फेरि भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । एक आपसमा दुई दुई खेल खेलेपछि धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।


नेपाली टोली

प्रिती राई (कप्तान), सावित्री किशन, लिला जोशी, पूजा थापा, सबिना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई ।

कमेन्ट गर्नुहोस्