लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिटर्नी फेडेरेशन नेपालको प्रथम जिल्ला भेला सम्पन्न

IMG

तिलोत्तमा सिटी,फागुन २५ गते २०७८। रिटर्नी फेडेरेशन नेपालको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न भेलाले एकदेव सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। निबर्तमान अध्यक्ष सिता बस्यालको अध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम प्रदेश सह इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा लुम्बिनी प्रदेशका विभिन्न नेता तथा जिल्ला स्थित रिटर्नी फेडेरेशनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 


सो कार्यक्रमममा देशको समग्र बिकाश निर्माणमा अतुलनिय योगदान गरेको भन्दै प्रमुख अतिथि लिला गिरिले समाज बिकाशमा थप टेवा दिन आग्रह गर्नुभयो।  कार्यक्रमममा बुटवल उपमहानगरपालिककाका प्रमुख तथा नेकपा एमाले सदस्य एबम नगर सह इन्चार्ज शिवराज सुबेदी, रिटर्नी केन्द्रिय अध्यक्ष चन्द्र बहादुर रोकाहा, केन्द्रिय उपध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज नेत्र थनेत,लुम्बिनी प्रदेशका हिरा खराल , नेकपा एमाले जिल्ला सचिब यज्ञ गैरे, रिटर्नी तिलोत्तमा नगर अध्यक्ष सन्तोष अर्याल लगायतले बोल्दै रिटर्निको आगामी कार्ययोजनाको सफलताको कामना गरेका थिए। 


भेलाले सापकोटाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ।  जसको उपाध्य्क्षमा अन्जु केसी, खुमानन्द अर्याल, सचिव जिबन अर्याल , कोशाध्यक्ष चन्द्र शेखर ढकाल, उपसचिव ऋषिराम बस्याल, गोपाल प्रसाद ज्ञवाली, र सदस्य हरुमा बाबुराम पन्त, प्रबिण कृष्ण गैरे, गोविन्द यादव, शिव कुमारी सापकोटा, अर्जुन तिमिल्सिना लगायतका रहेका छन्। 



कमेन्ट गर्नुहोस्