लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कसरी पत्ता लगाउने बालबालिकामा हुने क्यान्सर ?

IMG

 २०७८ फागुन ५, तिलोत्तमा सिटी।  बालबालिकामा हुने क्यान्सर पनि विभिन्न किसिमका हुन्छन्। ती मध्ये सबैभन्दा धेरै देखिएको रक्त क्यान्सर हो। बालबालिकामा हुने क्यान्सर जति चाँडो पत्ता लाग्यो, त्यति नै प्रभावकारी रुपमा निको पार्न सकिने हुँदा यसका लक्षणहरु जान्न आवश्यक छ।

बालबालिकाहरुमा ल्युकेमिया (रक्त क्यान्सर), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्युरोब्लास्टोमा, विल्म्स ट्युमर जस्ता क्यान्सर देखिन सक्छ। बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको लक्षण देखिनेवित्त्किै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने हो।


समयमै पत्त लगाएर उपचार गरे ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन्छ। बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरुमा सहुलियतसहित कम खर्चमा उपचार गर्ने व्यवस्था गरिएको चिकित्सकहरु बताउँछन्।

बालबालिकामा क्यान्सर भएको आशंका कसरी गर्ने? 

– रगतको कमी भई छाला सेतो देखिनु, त्यत्तिकै रगत बग्नु,

– असाधारण रुपमा तौल घट्नु,

– निको नभएको खोकी,

– आँखाको सेतो नानी डेडो हुनु, दृष्टि गुमाउनु,

– शरीर सुन्निनु, पेट असामान्य रुपमा फुल्नु,

– विशेषगरी बिहान अत्याधिक टाउको दुख्नु, बान्ता हुनु,

– हड्डी दुख्नु, चोट नलागी सुन्निनु,

– चाँडो गल्नु, थकित हुनु र झोक्राउनु,

– चक्कर लाग्नु, शरीर सन्तुलनमा राख्न नसक्नु। 


कमेन्ट गर्नुहोस्