
२०७८ माघ २४ ,तिलोताम्मा सिटी। क्यानडाको राजधानी ओटावामा आपत्काल घोषणा गरिएको छ ।विरोध प्रदर्शन नरोकिएपछि आपत्काल घोषणा गरिएको हो। कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका नियमप्रति असन्तुष्टि राख्दै ट्रक चालकहरुले केही दिनयता लगातार त्यहाँ प्रदर्शन गरिरहेका छन् ।ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन भइरहेको भन्दै नियन्त्रणका लागि आपत्काल घोषणा गरिएको बताउनु भएको छ ।लगातारको प्रदर्शनले नागरिकको शान्ति सुरक्षामा खलल पुगेको भन्दै आपत्काल घोषणा गरिएको हो । आपत्कालको समयमा प्रदर्शन गर्न रोक लगाइएको छ ।
कमेन्ट गर्नुहोस्