लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिजेता टिमलाई बधाई दिदै खेलकुद मन्त्री अथक

IMG

२०७८ पुस १४, तिलोत्तमा सिटी।  बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिनुभएको छ । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई दिनुभएको हो ।


नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिनुभएको हो । उहाँले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी ब्यक्त गर्नुभएको हो ।बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

कमेन्ट गर्नुहोस्