लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत

IMG

 २०७८ पुस ११, तिलोत्तमा सिटी। प्रदेश २ मा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत भएको छ ।आइतबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको चौथो बैठकमा बहुमत सांसदले प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेशलाई स्वीकृति दिएको हो । सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बहुमत सांसदले स्वीकृति दिएका हुन् ।यसअघि यो विधेयकलाई अस्वीकृत गर्न विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदले प्रस्ताव पेश गरेका थिए । तर, यो प्रस्ताव अस्वीकृत भयो ।यसअघि ८ पुसमा बसेको प्रदेश सभा बैठकमा कृषि विश्वविद्यालय सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।राजविराजमा कृषि र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न केहि दिनअघि प्रदेश सरकारले अध्यादेश ल्याएको थियो ।राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना भइसकेको छ भने बीरगंजमा प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्