लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘लाईसेन्स डम्पिङ’ हुने समस्या अन्त्य,बुटवलबाट मंसिरसम्म ७९४१ वटा बितरण

IMG

तिलोत्तमा सिटी,१० पौष २०७८। बुटवलमा रहेको सवारी चालक अनुमती पत्र(लाईसेन्स) कार्यालयले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ७ हजार सवारीचालक अनुमती पत्र बितरण गरेको छ ।केही समय देखि बुटवलमा नै अस्थायी प्रकृतिको परिक्षणकालिन सवारीचालक अनुमती पत्र प्रदान  गर्दै आएको कार्यालयले मंसिर महिना सम्ममा ७ हजार ९ सय ४१ वटा नयाँ सवारी चालक अनुमति पत्र प्रदान गर्न सफल भएको हो । यातायात कार्यालय (सवारी)का प्रमुख तेजनारायण यादवले चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा उक्त कार्यालयले २२ हजार ४ सय १६ जनाको सवारीचालक अनुमती पत्रको बयोमेट्रिक दर्ता गरिएको छ ।


यस्तै सोही अवधीमा १७ हजार ६ सय ६३ जनाको सवारी चालक अनमुती पत्र नविकरण गरिएको छ भने  ८ सय ४५ जनाको नविकरण र प्रतिलिपि प्रदान गरिएको छ ।  कार्यालय प्रमुख यादवका अनुसार ७ हजार ९ सय ४१ वटा नयाँ सवारी चालक अनुमती पत्र समेत जारी गरिएको छ ।कार्यालयले २० हजार ३७ वटा थप वर्ग सहितको सवारीचालक अनुमती पत्र जारी गरेको छ । यस्तै २७ हजार २ सय ४६ जनाको लिखित परिक्षा लिइएकोमा  हाल सम्म २५ हजार ८ सय ५० जनाको ट्रायल समेत लिईसकीएको छ ।यातायात कार्यालय बुटवलमा ३० हजार भन्दा बढि सवारी चालक अनुमती पत्र प्रीन्ट भएर  विभागबाट आएको भएपनि सम्बन्धीत व्याक्तिहरु समक्ष जानकारी नहुँदा यत्तीकै थन्कीएर बसेका थिए ।


सोही अनुसार  हाल का कार्यालय प्रमुख तेज नारयाण यादवले एक जना कर्मचारीलाई नै व्यवस्थापन गरी सम्बन्धीत ग्राहकको फोन नम्बरमा सम्पर्क गरी लाईसेन्स लिन आउनको लागि खबर गर्ने गरेका छन् । कार्यालय प्रमुख यादव भन्छन्–‘३० हजार भन्दा बढि प्रिन्ट भएर बसेका थिए, हामी यहीबाट कल गरेर लिन आउने भनेका छौ, दैनिक ५ सय जनालाई कल जान्छ, अहिले जम्मा ६ हजार यस्तै बाँकी होलान् ।’हाल कार्यालयले नयाँ वर्गको तर्फ प्रयोगात्मक परिक्षामा उत्र्तीण भएकाहरुको लागि राजश्व दाखेला गरेकै दिन परिक्षणकालिन लाईसेन्स वितरण गर्दै आएको छ ।यस्तै ३ बर्ष देखि स्मार्ट लाइसेन्स कार्ड पिन्ट नभएको भनिएका छुट भएकाहरुको छुट्टै लिष्ट तयार गरी विभागमा पठाउने तयारी समेत गरेको छ । यस्तै सेवा ग्राहीहरुको मागलाई मध्यनजर गर्दै विहान ८ बजे देखि नै बायोमेट्रिकको दर्ता हुने व्यवस्था अहिले यातायात कार्यालयमा रहेको छ । 


कमेन्ट गर्नुहोस्