
२०७८ पुस ८, तिलोत्तमा सिटी। एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा साविक विजेता नेपालले विजयी शुरूवात गरेको छ।
बंगलादेशको ढाकामा बिहीबारदेखि शुरू भएको प्रतियोगिताअन्तर्गत रोमाञ्चक खेलमा नेपालले दुई सेटले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकालाई ३-२ को सेटमा हरायो ।श्रीलंकाले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो। तर त्यसपछि नेपालले सानदार पुनरागमन गर्दै लगातार तीन सेट जित्यो ।
नेपालले तेस्रो सेट २५-१५ ले जित्दै खेलमा पुनरागमन गर्यो । नेपालले चौथो सेट २५-१९ले जितेपछि खेल अन्तिम सेटसम्म लम्बिएको थियो ।निर्णायक तथा अन्तिम सेट १५-१३ ले जित्दै नेपालले खेल आफ्नो पक्षमा पारेको हो।नेपालले दोस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ । आजै नेपालको पुरुष टोलीले घरेलु टोली बंगलादेशसँग खेल्दै यात्रा थाल्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउसो ४:४५ बजे शुरू हुनेछ ।प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्र सहभागी छन् ।
कमेन्ट गर्नुहोस्