लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तर्राष्ट्रिय सीमा खुला गर्ने न्यूजिल्याण्डको योजना सर्‍यो ओमिक्रोनका कारण

IMG

२०७८ पुस ६, तिलोत्तमा सिटी। 

  कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय सीमा खुला गर्ने न्युजिल्याण्डको योजना पर सरेको छ ।मंगलबार न्युजिल्याण्डले विश्वभर ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको भन्दै पुन: अन्तर्राष्ट्रिय सीमा खुला गर्ने योजना फेब्रुअरीको अन्त्यसम्म धकेलिएको जानकारी गराएको हो ।जनवरी १६ गतेदेखि विदेशमा रहेका नागरिकका लागि सीमा खुला गर्ने योजना फेब्रुअरीको अन्त्यसम्म धकेलिएको शिक्षामन्त्री क्रिस हिपकिन्सले प्रेस सम्मेलनमा बताए । उनले भने, ‘हालसम्म प्राप्त तथ्यहरूले कोभिड-१९का भेरियन्टमध्ये ओमिक्रोन सबैभन्दा संक्रामक भएको देखाउँछन्’, उनले भने ।


पछिल्लो समय न्यूजिल्याण्डमा कोभिड महामारीपछि लागू गरिएका कडा नियमलाई बिस्तारै खुलुलो पार्न थालिएको थियो । विदेशी पर्यटकलाई अप्रिलदेखि प्रवेश गर्न दिइएको थियो भने आगामी जनवरीदेखि अन्तर्राष्ट्रिय सीमा बिस्तारै खुला गर्ने सरकारको योजना थियो ।तर नयाँ ओमिक्रोन भेरियन्ट विश्वव्यापी बन्‍न थालेपछि उक्त योजना एक महिना पर धकेलिएको हो ।

कमेन्ट गर्नुहोस्