
२०७८ मङ्सिर २८ , तिलोत्तमा सिटी।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति चयन गर्न दोस्रो चरणको निर्वाचन सुरू भएको छ । सोमबार सबै नयाँ पदाधिकारीहरू छनोट गर्न निर्वाचन भएको थियो । कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउन पर्छ । सभापतिका ५ जना प्रतिस्पर्धीहरूमा कसैको पनि ५१ प्रतिशत मत नआएकोले धेरै मत ल्याउने पहिलो र दोस्रो शेरबहादुर देउवा र शेखर कोइरालाबिच प्रतिस्पर्धा भएको छ । पहिलो चरणका सभापतिका उम्मेदवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई सहयोग गर्ने बताएका छन् । तर प्रतिनिधिहरुले कसलाई सहयोग गर्ने भन्ने अहिले नै यकिन गर्न सकिँदैन । देउवा निकट नेताहरूले देउवाले हजार मतको मतान्तरले जित्ने दाबी गरिरहेका छन् ।मतदान गर्नका लागि प्रतिनिधिहरू लामबद्ध भएर उभिसकेका छन् ।
कमेन्ट गर्नुहोस्