लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टोटेनहम र एस्टन भिल्लाको जित

IMG

२०७८ मङ्सिर २० ,तिलोत्तमा सिटी। 

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर एस्टन र टोटेनहम विजयी भएका छन् ।आइतबार राति भएका खेलमा एस्टन भिल्लाले लेस्टरलाई २-१ गोल अन्तरले पराजित गर्दा टोटेनहमले नर्विच सिटीलाई ३-० ले हराएको हो ।यस जितसँगै एस्टनले १५ खेलमा १९ अंक जोडेर एस्टन लिगको दशौँ स्थानमा रहेको छ । लेस्टर १९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।यस जितसँगै टोटेनहमले १४ खेलमा २५ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ । नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।त्यसैगरी क्यास्टल युनाइटेडसँग १-० ले पराजित हुँदा ब्रेन्टफोड र लेड्स युनाइटेड २-२ को बराबरी खेलेका थिए ।

कमेन्ट गर्नुहोस्