
तिलोत्तमा सिटी,१९ मंसिर २०७८। ‘स्वाधीन अर्थतन्त्रका लागि औद्योगिकरण तथा ब्यापार विविधकरण’ नाराका साथ बुटवलमा आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला सञ्चालन हुने भएको छ । उद्योग ब्यापार संघ बुटवलले बुटवलको देवीनगर रंगशाला नजिकैको खुला मैदानमा औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला सञ्चालन गर्न लागेको हो ।
यसका लागि संघले बुटवल उपमहानगरपालिकाबाट लिखित स्वीकृति लिएर तयारीका काम थालेको संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए । एक दुई दिनमै मेलाको सचिवालय देवीनगरमा सारेर तयारीका काम तीब्र बनाउने निर्णय भएको वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । मेलामा स्वदेशी उद्योग र उत्पादन,कृषि, हस्तकला र नयां प्रविधिलाई प्राथमिकता दिने गरी स्टल राखिने महासचिव पदम जीसीले बताए ।
कमेन्ट गर्नुहोस्