लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राममन्दिर लाइनमा ‘नो पार्किङ’ बोर्ड

IMG

तिलोत्तमा सिटी,१९ मंसिर २०७८। उद्योग ब्यापार संघ बुटवलले बुटवलको राममन्दिर लाइनमा ट्राफिक बोर्ड राखेको छ । बजार क्षेत्रमा सवारी साधन जथाभावी पार्किङ गर्ने समस्याले व्यवसायमा असर परेको भन्दै संघले ‘नो पार्किङ’ लेखिएका २५ वटा बोर्ड सो क्षेत्रमा राखेको हो । मंगलबार एक कार्यक्रमबीच उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहनबहादुर खांडलाई ट्राफिक बोर्ड हस्तान्तरण गरेका हुन् ।


सो अवसरमा बोल्दै अध्यक्ष गैरेले सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक व्यवस्थापनमा सहजता पु¥याउन ट्राफिक प्रहरीसंग सहकार्य गरिएको बताए । डीएसपी खांडले संघले गरेको कामको सराहना गर्दै ट्राफिक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विष्णु पाण्डे, महासचिव मदम जीसीले पनि आफ्ना धारणा राखेका थिए ।  

कमेन्ट गर्नुहोस्