लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यी हुन् जिब्रो सफा राख्ने ८ तरिका

IMG

हामी दिनहुँ दाँत माझ्छौँ। जिब्रोको सफाइमा भने उति ध्यान पुर्‍याइरहेका हुँदैनौँ। जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ। साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्‍याउनुपर्छ।


टङ क्लिनर’

बजारमा प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन्। ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ। तर, जोडले रगड्नु भने हुँदैन।


नुन

जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ। यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ। जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ। सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ।


नुनपानी

मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ।


दही

खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फंगस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ।


‘भेजिटेबल ग्लिसरिन’

मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ। यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ। दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ।


नरिवलको तेल

बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ। त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ। हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ।


घ्यूकुमारीको रस

घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ। एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने। त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने। दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ।


बेसार

बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ। यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ। आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिनथाल्छ।


कमेन्ट गर्नुहोस्