
२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिई आउनुभएका एक गुर्जु (पुजारी) को हृदयाघातबाट मृत्यु भएको छ । हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आउनुभएका काठमाडौँ महानगरपालिका–४ का रत्नराज बज्राचार्यको हृदयाघातबाट गए राति निधन भएको मनकामनाका स्थानीय दिनेश जोशीले जानकारी दिनुभयो ।पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको जोशीले बताउनुभयो । घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।त्यस्तै, केन्द्रीकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउन स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
अध्यक्ष लामा भन्नुहुन्छ, “स्थानीय परिवेशको सुक्ष्म अध्ययनले आफ्नो भूगोलप्रतिको मायामोह जाग्छ, आफ्नो ठाउँको सबल पक्ष र खाँचो भएका पक्षबारे जानकारी गराउने भएकाले स्थानीय विकासमा टेवा पु-याउँछ ।” कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी यही शैक्षिकसत्रबाट लागू गरिसकेको शिक्षा शाखाका प्रमुख कमला खनालले जानकारी दिनुभयो । विद्यालय निरीक्षक उत्तममणि पौडेलका अनुसार कक्षा १ को पाठ्यपुस्तक पठनपाठन सुरु भएको, २ र ३ को प्रेसमा गएको साथै अन्य कक्षाको पनि छिट्टै तयार हुने छ ।विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप २०७६ ले व्यवस्था गरेबमोजिम स्थानीय जनशक्तिको उपयोग गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो । पाठ्यक्रममा गाउँपालिकाको परिचय, प्राकृतिक स्रोत र सम्पदा, संस्कार तथा संस्कृति, ऐतिहासिकस्थल र पर्यटन, पेशा व्यवसाय तथा प्रविधि, परम्परागत ज्ञान, सीप र कला, प्रकोप र वातावरण संरक्षण, स्वास्थ्य र सरसफाइका साथै स्थानीय भाषा तथा लिपि समेटिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।
स्थानीय पाठ्यपुस्तकमा स्थानीय भाषा र लिपिमा तामाङ, ह्योल्मो तथा शेर्पा भाषालाई समेटिएको छ । भाषा, धर्म, वेशभूषा, प्रेरक व्यक्तिको जीवनी, खानी, जडीबुटी, बोटबिरुवाबारे जानकारीका साथै संरक्षण र संवद्र्धन, स्थानीय बाजाबारे जानकारी, वातावरण संरक्षणका उपाय आदिबारे पाठ्यपुस्तकमा समावेश गरिएको विद्यालय निरीक्षण पौडेलले जानकारी दिनुभयो । जीवनीमा सातै महादेशका सबै अग्ला हिमाल आरोहण गरेकी विश्व साहसी समावेशी नेतृ माया गुरुङ, समाजसेवी मिङ्मार दोङ, सामुदायिक वनका अभियानकर्मी लक्ष्मण दोङको जीवनी राखिएको छ ।
कमेन्ट गर्नुहोस्