
२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको सन्तुलित विकास नै आफ्नो सरकारको सपना भएको बताएका छन्।आफू नेतृत्वको गठबन्धन सरकारले सम्पूर्ण ध्यान प्रदेशको समृद्धि र सन्तुलित विकासमा लगाएको बताउँदै मुख्यमन्त्री केसीले लुम्बिनीको विकास नै आफ्नो सपना भएको बताएका हुन् ।शनिबार रोल्पामा माओवादी कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले आम लुम्बिनीबासीको जीवनलाई समृद्ध बनाउने बताए । प्रदेश सरकारको योजना नै सन्तुलन मिलाएर विकास गर्ने र लुम्बिनी प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गर्ने रहेको उनको दावी छ ।
त्यसैगरी उनले लुम्बिनीको पूर्ववर्ती सरकारले लिएको बजेट भन्दा वर्तमान सरकारकाले लिएको बजेट जनमैत्री भएकाले यसलाई छिटो कार्यन्वय गर्नका लागि सबै लाग्नुपर्ने बताए ।कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले लिएको गौरवको आयोजना सम्पन्न गर्न र नयाँ आयोजनालाई अगाडि बढाउनका लागि आफुले भूमिका खेलिरहेको बताउँदै त्यसका लागि सबै जिल्लाका विभागीय कार्यालयलाई सहजीकरण गर्न निर्देशन समेत दिएका थिए ।
कमेन्ट गर्नुहोस्