लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डा.सिके राउत लुम्बिनीमा ‘जनमत माटो यात्रा’ सुरु

IMG

२०७८ मङ्सिर १०,तिलोत्तमा सिटी। सीके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टीले ‘जनमत माटो यात्रा’ सुरु गरेको छ । शान्ति र एकताको सन्देश मुलुकभर फैलाउने उद्देश्यसाथ लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट ‘जनमत माटो यात्रा’ सुरु गरिएको हो ।आज लुम्बिनी परिसरको माटो स्थानीय नेताहरुले पार्टी अध्यक्ष सीके राउतलाई हस्तान्तरण गरि जनमत माटो यात्राको शुभारम्भ भयो । हरेक स्थानीय तहको माटो जम्मा गरेर एउटा पवित्र उद्यान बनाउने पार्टीको अभियान छ । ‘यसले शान्ति, एकतासहित एक अर्कालाई सांस्कारिक रुपमा जोड्न सकिने छ’, अध्यक्ष राउतले भने ।उनले उद्यान बनाउँदा सबै स्थानीय तहको ऐतिहासिकता झल्कने गरी बनाउने योजना रहेको बताए । ‘यसले उद्यान घुमेपछि मुुलुकको कुन तहमा के–के विशेषता छन् भन्नेबारे एकै ठाउँबाट जानकारी हुने छ’, उनले भने ।उद्यान कहाँ बनाउने भन्नेबारे अझै निर्णय भइनसकेको उक्त पार्टीले जनाएको छ ।


पहिलो चरणमा पार्टीको जनमत बलियो भएका स्थानलाई केन्द्रित गरेर अभियान शुरु गरिएको छ । क्रमशः मधेशका सबै स्थानीय तहमा पुग्ने राउतले बताए । अध्यक्ष राउतले आफूहरुको योजना हिमाल, पहाडका स्थानीय तहमा पनि आफै पुगेर माटो संकलन गर्ने रहेको बताए । यदि, त्यो सम्भवन नभए कुनै माध्यमबाट माटो संकलन गरिने पार्टीले योजना बनाएको छ ।अभियानका क्रममा गाउँगाउँमा आमसभा गर्ने, जनताको मनोभावना र वस्तुुस्थिति बुझ्दै जनमत आफ्नो पक्षमा बनाउने गरि जनमत पार्टी देश दौडाहामा लागेको हो ।आजै लुम्बिनीमा पार्टीले जिल्लास्तरीय सभा गरेको छ । सभामा पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गरेका थिए । सभामा सहभागी हुन जिल्लाका गाउँगाउँबाट सयौं कार्यकर्ता लुम्बिनी पुुगेका थिए ।


बौद्ध विश्वविद्यालय दिवसमा लुम्बिनीमा त्रियान प्रज्ञा सम्मेलन हुने

लुम्बिनी– लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन हुुने भएको छ । लुुम्बिनी बौद्ध विश्वविद्यालयले १७औं विश्वविद्यालय दिवसको अवसरमा सम्मेलन गर्ने भएको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले त्रियान प्रज्ञा सम्मेलनसहितका कार्यक्रमहरुको विषयमा जानकारी गराएको हो । बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्दतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागेको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए ।०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउँदैछ । दिवसको मुख्य कार्यक्रममा प्रमुख अथितिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसंग कसरी जोडेर लैजान सकिन्छ भन्ने विषयमा सम्मेलन गर्न लागिएको बताए ।


कमेन्ट गर्नुहोस्